१४ बैशाख २०८१, शुक्रबार

मेडिकल कलेज कोहलपुरको ओपिडी सेवा पुनः संचालन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपिडी) पुनः संचालनमा ल्याउने भएको छ ।

कोरोनाको दोश्रो लहर शुरु भएयता ओपिडी सेवा बन्द गरी कोभिड बिरामीहरुको मात्र उपचार गर्दै आएको अस्पतालले आउने आइतबारदेखि उक्त सेवा पुन: संचालनमा ल्याउन थालेको अस्पतालका निर्देशक डा. भोजराज जोशीले आज एक सूचना मार्फत जानकारी गराएका छन ।

अस्पतालले केही समय अघिदेखि कोरोनाका बिरामीहरुको मात्र उपचार गर्नका लागि ओपिडी सेवा बन्द गरी कोभिड डेडिकेडेट अस्पताल संचालनमा ल्याएको थियो । हाल कोभिडका बिरामीहरुको चाप घट्दै गएको हुँदा अन्य रोगका बिरामीहरुलाई उपचार सेवा प्रदान गर्नका लागि २३ गते आइतबारदेखि ओपिडी सेवा पुन: संचालनमा ल्याउन लागेको अस्पतालले जनाएको छ ।

 

ओपिडी सेवा सँगै कोभिड/ननकोभिड सम्पुर्ण सेवाहरु संचालन हुने अस्पतालले जनाएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech