१६ चैत्र २०८०, शुक्रबार

परराष्ट्रमन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक

'मन्त्री बनेपछि केही बचत, केही घरायशी सामान र २०० जति पुस्तकबाहेक सम्पत्ति थपिएको छैन'

  • न्युज मानसराेवर

बाँके बैजनाथ।नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले सामाजिक सञ्‍जालमार्फत करिब सवा ३ वर्ष परराष्ट्रमन्त्रीका रुपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका हुन् ।

उनले यस अवधिमा विदेश भ्रमणबापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् । त्यस्तै हाल उनको खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी पनि उनले गराएका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech