८ बैशाख २०८१, शनिबार

अब कक्षा ८ को परिक्षा पनि प्रकाशन गर्न मिल्ने

उपदफा (४)को (१)बमोजिम स्थानीय सरकार स ञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा १ (ज)ले प्रत्याभूत गरेको अधिकार प्रयोग

  • न्युज मानसराेवर

बाँके कोहलपुर । आधारभूत तह कक्षा ८ को परिक्षा नतिजा प्रकाशन गर्न कोहलपुर नगरपालिकाले विद्यार्थी मुल्यांकन तथा नतिजा प्रकाशन कार्यविधि २०७८ जारी गरेको छ ।
नगर स्तरीय परिक्षा मुल्यांकन समन्वय समितिका प्रमुख मेयर लुट बहादुर (एल्वी) रावतको अध्यक्षतामा कार्यविधि जारी गरिएको हो ।

देशमा पुनः फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड १९ को संक्रमण महामारीका कारण आधारभूत तह कक्षा ८ को लिखित परिक्षा प्रत्यक्ष गर्न नसकिने हुदाँ विद्यार्थी मुल्यांकन तथा नतिजा प्रकाशन कार्यविधि नतिजा प्रकाशन गर्न सकिने छ मेयर रावतले जानकारी दिए ।

यसै गरी कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा २०७८ जेठ ३० गते प्रकाशन गर्ने समेत उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाको नगरकार्यापालिकाले कोहलपुर नगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ को उपदफा (४)को (१)बमोजिम स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा १ (ज)ले प्रत्याभूत गरेको अधिकार प्रयोग गरी कार्यविधि जारी गरिएको कोहलपुरनगरपालिका  विधायन समित संयोजना भिम नेपालीले जानकारी गराए ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech