१२ बैशाख २०८१, बुधबार

जोगियो माओवादीको सरकार : सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
  • न्युज मानसराेवर

धनगढी –  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनले बहुमत सांसद्को समर्थन पाएका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनले बहुमत सांसद्को समर्थन पाएका हुन्।

योसँगै भट्ट नै मुख्यमन्त्रीमा निरन्तर रहने निश्चित भएको छ। भट्ट २०७४ सालमा मुख्यमन्त्री नियुक्त भएका थिए। भट्टराई माओवादी केन्द्रका अतिरिक्त एमालेको एक पक्षले सघाएको  थियो। कांग्रेस भने तटस्थ  बसेको  थियो।

माधव पक्षले विश्वासको मत नदिएर अपुग हुने स्थितिमा मात्रै कांग्रेसले मत दिने निर्णय गरेकाले कांग्रेस तटस्थ बसेको हो। भट्टलाई माओवादी केन्द्रको १३ र एमालेका माधव पक्षबाट १७ मत प्राप्त भएको छ।

प्रदेश सभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ ,जसपाका २ सांसद छन्। मंगलबारको मतदानमा ५१ सांसद उपस्थित भएका थिए।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech