११ बैशाख २०८१, मंगलवार

अब निको हुन ५५ जना बाँकी कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका विभिन्न वडा मा होम आइसोलेसन मा रहेका कोरना संक्रमित संख्या ५५ मा झरेका छन् ।
करिब एक हजार ७८ को संख्यामा रहेका संक्रमित संख्या ५५ मा झरेको हो ।

आज मात्र ५ जना महिला ५ जना पुरुष गरी थप १० जना संक्रमण मुक्त भएका छन् , भने कूल ५५ जना मध्य महिला २६ र पुरुष २९ गरी ५५ जना संक्रमित छन् ।

यसै गरी एक जना पुरुषको आज मृत्यु भएको छ ।

कोरनाको दोस्रो लहरको संक्रमणले ग्रसित कोहलपुर नगरपालिका पूर्वत अवस्तामा फर्कन लागेको हो ।

कोहलपुर नगरपालिकाले हाल पी सी आर स्याब संकलन तथा एन्टीजेन परिक्षण लाई तिब्रता दिएको छ ।

हाल सम्म कोहलपुर नगरपालिकाले पि  सीआर स्याब संकलन ६ सय ८३ र एन्टीजेन कूल ६ सय १० गरी १ हजार २ सय ९२ परिक्षण गरिसकेको छ । पिसी आर र एन्टीजेन परिक्षण नियमित गरिने कोहलपुर कोभिड फोकल पसैन गेहराज खनालले जानकारी गराए ।

खनालका अनुसार  परिक्षणकै समयमा   ३ जना स्वास्थ्यकर्मी  कोरना संक्रमति भएका छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech