१३ बैशाख २०८१, बिहीबार

नीजि प्रकाशकको बदमासी : विद्यालयस्तरका सामाजिक शिक्षा र जिके लगायतका पुस्तकमा पुरानै नक्सा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  सामाजिक शिक्षा र जिके लगायतका पुस्तकमा नेपालको पुरानै नक्सा प्रकाशन गरी बिक्रीवितरण भएको पाइएको छ। अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदको आज सम्पन्न ८८ औं बैठकमा सो विषयमा ब्यापक छलफल भएको थियो।

‘चुच्चे नक्सा’ नभएका पुस्तक बजारबाट जफत गरिने, प्रकाशक र वितरकलाई हदैसम्मको कार्वाही

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि उनले सो निर्देशन दिएका हुन्। पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले त्यस्ता पुस्तक प्रकाशक र बिक्रेता कार्वाही गर्न निर्देशन दिए।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech