कोहलपुर । कोहलपुर कोरना संक्रमित संख्या ४७ मा झरेको छ । उनीहरु मध्य महिला २५ जना र पुरुष २२ जना छन् ।
आज मात्र १० जना कोरना संक्रमण मुक्त भएका छन् ।
उनीहरु मध्य ७ जना पुरुष र ३ जना महिला संक्रमण मुक्त भएका हुन् ।
कोहलपुरमा स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा कोरना संक्रमित संख्या झरेको हो ।
एक हजार ७८ संख्यामा रहेका संक्रमित मध्य अब ४७ जना मात्र बाँकी छन् । उनीहरु सबै होम आइसोलेसन मा छन् ।
स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधि विचको समन्वयन तथा संक्रमितहरुलाई नियमित मनोपरार्मश सेवा निशूल्क औषधीको व्यवस्थाका कारण संक्रमित संख्या घटाउन सफल भएको कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।