१२ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक
  • न्युज मानसराेवर

बाँके।  भेरी अस्पताल नेपालगन्जमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक लगाइएको छ ।

कोरोना संक्रमणको हटस्पट मानिएको बाँकेमा कोरोनाको संक्रमणदर घटेपछिको अवस्था बारे बुझन जाँदा पत्रकारलाई प्रबेशमा रोक लगाईएको हो ।

कोरोनाको हटस्पट मानिएको बाँकेमा केही दिन अगाडी कोरोना संक्रमित तिब्र बढेको बाँकेमा संक्रमित दर र अस्पताल आइसुलेशनका बेड रित्तिदै गएको हुनाले बुझ्न जाँदा ड्युटिमा रहेका प्रहरी र गार्डले पत्रकारलाई प्रबेशमा रोक लगाएका हुन् ।

पत्रकार आएर अनावश्यक भिडियो खिच्ने भन्दै प्रबेशमा रोक लगाइएको ड्युटिमा खटिएका प्रहरीले भने । अस्पतालको बारेमा समाचार संकलनका लागि अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई जानकारी र अनुमति लिँदा पनि ड्युटिमा खटिएका प्रहरी र अस्पतालका गार्डले प्रबेशमा रोक लगाएका थिए ।

भेरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुमन आर्यालसंग पनि मौखिक ३ पटक अनुमति लिएर जाँदा पनि अस्पताल प्रशासनको पास चाहिन्छ भन्दै ४ देखी ५ पटक प्रबेशमा रोक लगाएका थिए  पत्रकार भगतराम  थारुले भने  । थारु

 

न्युज २४ टिभीका बाँके समाचारदाता हुन।  यसै गरी  सगरमाथा गन्तव्य दैनिक, सगरमाथा गन्तव्य डटकमका क्यामरा पर्सन रोहित गोडियालाई बारम्बार सोधपुछ गरेर जाँदा पनि गेटमा रोक लगाउँदा अनावश्यक दुख दिएको   थारुले जानकारी गराएका छन् ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech