१६ चैत्र २०८०, शुक्रबार

माधव नेपालसहित एमाले स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली
  • न्युज मानसराेवर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहितको पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी भएको जानकारी दिएका हुन्।

`बैठक बोलाउने निर्णय भइसकेको छैन। प्रदेश सभामा बजेट विषयमा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। केही मुख्यमन्त्री पनि बैठकमा सहभागी हुने भएकोले छलफल गर्दैछौं,´ प्रवक्ता ज्ञवालीले भने, ‘सम्भवत असार २ गते नै बोलाउने विषयमा कुरा भइरहेको छ।´

अदालतको आदेशले बैठकमा फरक नपार्ने ज्ञवालीको भनाइ छ। माधव नेपाल पक्षको सहभागिताबारे पहिले नै अध्यक्ष ओलीले आह्वान गरिसकेको उनले उल्लेख गरे। ‘माधव नेपालसहितको सहभागितामा बैठक बस्न लागेको हो?’ भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले छलफल चलिरहेकाले चाँडै टुंगोमा पुगिने जानकारी दिए।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech