१२ बैशाख २०८१, बुधबार

बाँकेमा हेफर इन्टरनेश्नल नेपालले गर्यो स्थानिय तह प्रकोप व्यवस्थापनमा आर्थिक सहयोग

साझेदारीमा सञ्चालित बाँकेका अन्य स्थानीय तहहरुमा  समेत आर्थिक सहयोग गरिने बताइएको छ ।

  • आर.के. छिनाल

बैजनाथ बाँके । कोहलपुर नगरपालिका र  बैजनाथ गाउँपालिकालाई हेफर इन्टरनेश्नल नेपालले स्थानिय तह प्रकोप व्यवस्थापन खातामा ४७ लाख ५० हजार  कोभिड १९ आपतकालिन सहयोग गरेको छ ।

“कोभिडमा राहत सामाजिक क्षेत्रको साथ,परोपकारी मनले बढाउँ सहयोगी हात ” भन्ने मूल नारा अनरुप हेफर इन्टरनेश्नल नेपालले साझेदार स्थानिय तहलाई सहयोग गरेको हो। रकम सामाजिक उद्यमी जिल्ला महिला सहकारी संघ,बाँके मार्फत उपलब्ध  गराइएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले विपत्तिको बेलामा सहयोग, सहकार्य गर्ने व्यक्ति, संघ संस्थालाई कहिले पनि बिर्सन नसक्ने बताएका छन् । उनले कोभिड– १९ रोकथामका लागि दिएको आर्थिक सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए ।

यसै गरी बैजनाथ गाउँपालिका  अध्यक्ष मान बहादुर रुचालले यस महामारी संगको यूद्ध जित्न सहरानिय सहयोग एवं योगदान गरेको बताउँदै सिंगो बैजनाथ गाँपालिकाको तर्फ बाट धन्यवाद दिए । आगमी दिनहरुमा पनि बैजनाथ गाउँपालिकाको भलो चिताउने व्यक्ति तथा संघ संस्थाको सहयोगको आवश्यक रहेको र उक्त रकम स्वावस्थ्य क्षेत्रमा सही सदुपयोग गर्ने उनले भने ।

रकम कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका भिन्दा भिन्दै  हस्तान्तरण गरिएको थियो ।

कोहलपुरमा साझेदार संस्था महिला उपकार मञ्चका अध्यक्ष बिजुला अधिकारी लगायतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो ।

बैजनाथ  गाउँपालिका  प्रमुख प्रशासकीय  दान बहादुर एडी नितिगत निर्णय गरी  स्वास्थ्य क्षेत्रमा  टेवा पुग्ने स्वास्थ्य सामाग्री जोह गर्ने बताउदै  हेफर इन्टरनेश्नल नेपाल लाई धन्यवाद दिए ।

त्यसै गरि गैर सरकारी महासंघका उपाध्यक्ष धर्म रोकायले गैर सरकारी संस्था संग योजना, प्राविधिक ज्ञान, भिजन हने तर आय श्रोत नहुने भएकाले सहयोगी हातहरु संग समन्वय गरि सहयोग गर्ने भएकाले सोचे अनरुप समयमा सहयोग नभएको हुन सक्छ उनले भने । सकारात्मक सोच ले हाम्रा बैजनाथ का स्वास्थ्य सेवा प्रवाह गरि रहेका संस्थामा नयाँ उपकरण जडान गर्दा कयौं जनताले राहत पाउनेमा विवास्वस्त रहेको रोकायले भने ।

कार्यक्रममा हेफर इन्टरनेश्नल नेपालका वरिष्ठ क्षेत्रिय व्यवस्थापक प्रेम स्वाम्वोयूले बैजनाथ गाउँपालिका संग साझेदारीमा कार्यक्रम संचालन गरिरहेकको र यहाँका जनता प्रति अपनत्वको भावना रहेको बताउदै कार्यक्रमको विस्तृत उदेश्य बारे जानकारी गराए । उनले भने यो एक दमै ठूलो रुकम त होइन तर पनि लागेको चोटमा मलहम लगाउन कोसिस मात्र गरेका हौ ।

यस रकमबाट मास्क र स्यानिटाईजर भन्दा पनि स्वास्थ्य संस्थामा कोभिड संग लड्न आवश्यक उपकरण जडान गर्न सकेमा अझै बढि लाभदायक हुने  स्वाम्वोयूले उल्लेख गरे ।

रकम हस्तान्तरणमा  बि ग्रुप बाँकेले सहजीकरण गरेको थियो भने कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ,स्थानीय जनप्रतिनिधि, शाखा प्रमुख, हेफर इन्टरनेश्नलका अधिकृत,सामाजिक उद्यमी जिल्ला  सहकारी संघका अध्यक्ष तथा उत्पीडित सामूदायिक विकासका प्रतिनिधि तथा बैजनाथ सामाजिक उद्यमी महिला सहकारीका अध्यक्षको सहभागिता रहकेको थियो ।

यसै गरी हेफर इन्टरनेश्नल नेपालले  कोहलपुर नगरपालिमा  ३० लाख आर्थिक सहयोग गरेको छ  भने  जिल्लामा  साझेदारीमा सञ्चालित स्थानीय तहहरुमा  समेत आर्थिक सहयोग गरिने बताइएको छ ।

बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका खजुरा गाउँपालिका जानकी गाउँपालिकामा  हेफर प्रोजक्ट नेपालको सझेदारीमा साना किसान उद्यमी सुदृढिकरण परियोजना संचालन भईरहेको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech