१३ बैशाख २०८१, बिहीबार

नेकपा एमाले बाँकेको पर्यटन विभाग प्रमुख कृष्ण चौधरी
  • आर.के. छिनाल

बाँके बैजनाथ ।  नेकपा एमाले बाँकेले जिल्लाको पर्यटन विभाग प्रमुखमा बैजनाथ गाउँपालिकाका कृष्ण चौधरीलाई  चएन गरेको छ ।

नेकपा एमाले बाँकेले कृष्ण चौधरीलाई पर्यटन विभागको प्रमुख बनाएको हो ।

नेकपा एमाले जिल्ला अध्यक्ष सूर्य ढकालले पर्यटन क्षेत्रमा क्रियाशिल युवा लाई नै पर्यटन विभागको जिम्मेवारी दिएको बताए ।

विभागका प्रमुख चौधरीले विभाग लाई चुस्त राख्न अन्य सदस्यहरु समेत मनोनय गरिने बताएका छन् ।

चौधरी को हुन् ? 
पत्रकारिता क्षेत्रबाट  उदाएका चौधरी बाँकेका एक सफल पत्रकार हुन् ।  साथै बाँकेमा होम स्टे व्यवसायिक सञ्चालन गर्ने पहिलो व्यक्ति हुन् । उनको पहलमा बाँकेको बैजनाथ गाउँपालिका वडा न १ मा होम स्टे (पाउना घर ) खोलि  आन्तरिक तथा बाहिरिय  पर्यटनको गन्तव्य बनाउन एक सफल व्यक्तिका रुपमा परिचित व्यक्ति हुन् ।

चौधरीले लुम्बीनी प्रदेश बाट पर्यटन क्षेत्रमा योगदान गरे बापत सम्मान समेत पाएका छन’ भने होम स्टे एशोशिएन  नेपालको केन्द्रिय सचिव समेत हुन् ।यसै गरी चौधरी आन्तरिक पर्यटन बोर्ड पुनस्थापना समित लुम्बिनी प्रदेशको सदस्य समेत हुन् । हाल गाभर क्षेत्र लुम्बिनी प्रदेशकै पहिलो साइकिल ट्रेल समेत सञ्चालन गरिएको छ । चोधरी न्यूज मानसरोबर डट कमका पर्यटन सम्पादक समेत हुन् ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech