१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्ज–कोहलपुर मिलाएर महानगरपालिका बनाइने
  • न्युज मानसराेवर

बाँके बैजनााथ । लुम्बिनी  प्रदेशले चार वटा उपमहानगरपालिका समेट्ने गरी तीन महानगरपालिका बनाउन आवश्यक तयारी गर्न बजेट विनियोजन गरेको छ ।

प्रदेश आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेट प्रस्तुत गर्दै बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुरलाई मिलाएर महानगरपालिकाको विकास गर्नको लागि बजेट विनियोजन गरेको बताएका छन् ।

यी शहरमा महानगर हुने पूर्वसम्भाव्यता अध्‍ययन भइसकेको मन्त्री चौधरीले बताएका छन् ।

लुम्बिनी प्रदेशमा हाल एउटा पनि महानगरपालिका छैन ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech