६ बैशाख २०८१, बिहीबार

एकै दिन ११ सयले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके ।   आज बिहीबार एकै दिन ११ सय रुपैयाँले सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा आज ११ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको छ। जसअनुसार आज छापावाल सुनको मूल्य ९२ हजार र तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ छ। यसैगरी, आज तोलामा २० रुपैयाँले घटेको चाँदीको मुल्य एक हजार ३४० रुपैयाँ कायम छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech