१३ बैशाख २०८१, बिहीबार

प्रतिबोधले संचालनमा ल्यायो ‘एम्बुलेन्स सेवा’
  • न्युज मानसराेवर

कोहलपुर ।,  बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश सांसद उषा र कोहलपुर नगरपालिकाका मेयर लुटबहादर (एल्वी)  रावतले संयुक्त रुपमा  एम्बुलेन्सको  विहबार  उद्घाटन गरे ।  सांसद  विकास कोष  अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत  एम्बुलेन्स खरीद गरीएको  हो ।

उद्घाटन  कार्यक्रममा बोल्दै सांसद पार्वती पुन उषाले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको दलित सेवा संघद्धारा संचालित प्रतिवोध एफएमलाई सांसद विकास कोष अन्तर्गत १५ लाख रकम उपलब्ध गराएको जानकारी गराइन् ।

उषाले विपदको समयमा अत्यावश्यक देखिएको एम्बुलेन्स संचालनका लागि एफएमले माग गरे बमोजिम आफुले बजेटको ब्यवस्थापन उल्लेख गर्दै जनस्तरमा प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने गरी एम्बुलेन्स सेवा संचालन गर्न आग्रह गरीन ।

यसै गरी  कोहलपुर नगरपालिकाका मेयर  लुट बहादुर (एल्वी) रावतले संचार क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै आएको प्रतिवोध एफएमले स्वास्थ्य क्षेत्रमा समेत टेवा पुर्याउने गरी एम्बुलेन्स सेवा संचालनमा ल्याएको भन्दै खुसी ब्यक्त गरे ।  रावतले   एम्बुलेन्स विशेष गरी नगरभित्रका जेष्ठ नागरीक तथा गर्भवतीहरुलाई लक्षित गर्दै सेवा प्रवाह गर्न  सञ्चालक समितिलाई आग्रह समेत गरे ।

कार्यक्रममा दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी विक प्रतिबोध एफएम संचालक समितिका अध्यक्ष बुद्ध सुनार ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, नगर स्वास्थ्य कार्यालय कोहलपुरका प्रमुख अनिल सेन ठकुरी लगाएतको उपस्थिती रहेको थियो ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech