८ बैशाख २०८१, शनिबार

बच्चा जन्माउने अधिकार महिलाको भयो भने के विश्व नै परिवर्तन होला ?
  • न्युज मानसराेवर

विश्वको उत्पत्ति भएदेखि नै यहाँको हरेक क्षेत्रमा पुरुषको दबदबा रहँदै आएको छ । महिलाहरुलाई सधैं पुरुषको मातहतमा राख्ने गरिएको छ । मेडिकल क्षेत्रमा जति पनि अनुसन्धानहरु भएका छन्,  पुरुषलाई नै केन्द्रमा राखेर भएका छन् । यस्तो अवस्थामा हामी सबैले विश्वलाई नै पुरुषको आँखाले हेरिरहेका छौँ भन्नु गलत नहोला ।

बच्चा जन्माउने विषयमा पनि लामो समयसम्म पुरुषको कारणले नै महिला बच्चा जन्माउन लायक हुन्छन् भन्ने मानिँदै आएको थियो । यसमा महिलाको कुनै भूमिका हुँदैन भन्ने मानिथ्यो । तर, एक अनुसन्धानले भने यसलाई गलत साबित गरिदिएको छ । अनुसन्धानका अनुसार धेरै प्रजातिहरुमा स्त्रीलिङ्गीहरुले बच्चा जन्माउनका लागि धेरै किसिमको तरिका प्रयोग गर्ने गरेको पाइएको छ ।

उदाहरणका लागि महिलाको गर्भाशयले आफ्नो रोजाइको शुक्राणुलाई मात्र अण्डमा आइपुग्ने अनुमति दिन्छ । यसले स्पर्मको गति कम वा बढी गराउन सक्छ । त्यस्तै महिलाको ड्रोसोफिला फ्लाईहरुले शुक्राणुलाई विशेष अंगमा जम्मा पनि गर्न सक्छन् । पछि मनपर्ने पुरुषको साथमा यी शुक्राणुको प्रयोग गर्न सक्छन् ।

अहिले महिलासँग पनि बच्चा जन्माउने वा नजन्माउने भन्ने निर्णय लिने अधिकार छ । बजारमा धेरै किसिमका गर्भनिरोधक औषधि पाइन्छ । त्यसका साथै गर्भपतनको विकल्प पनि छ । तर, समाजको बनावट यस्तो छ कि महिलाले आफ्नै खुसीले यी विकल्पको प्रयोग भने गर्न सक्दैनन् ।

पुरुषहरुले भने कहिलेकाँही यसको लागि महिलालाई अनुमति दिँदैनन् । कहिले समाज तगारो बन्छ भने कहिले धर्म र संस्कृति । धेरै मुलुकमा अहिले पनि गर्भपतन गराउनु असंवैधानिक हो । अमेरिका र आयरल्याण्डजस्ता विकसित देशमा पनि गर्भपतन गराउन धेरै किसिमको कानुनी झन्झटको सामना गर्नुपर्ने हुन्छ ।

प्रजननको नियन्त्रणको तरिका प्रयोग गर्नुको अर्थ यो तरिका अचुक हो भन्ने होइन । धेरै पटक गर्भनिरोधक तरिका पनि विफल भएका छन् । यौनकर्मीहरुको सुरक्षाको लागि दबाब सृजना हुने गरेको छ । कतिबेला र कुन परिस्थितिमा यौन सम्बन्ध राख्ने भन्ने विषयमा धेरैजसो मामिलामा महिलाको इच्छा पूर्णरुपमा बेवास्ता गरिन्छ । धेरैजसो यौनकर्मीको बलात्कार हुने गरेको छ ।

महिलालाई आफ्नो रोजाइअनुसारको पुरुष र रोजाइअनुसारको गर्भधारणको अधिकार मिलेको खण्डमा यसबाट समाज र महिला दुवैको हित हुनेछ । समाजमा उनीहरुको भूमिका महत्वपूर्ण हुनेछ । यस्तोमा यस किसिमको नियन्त्रणको पक्षमा नरहेका मानिसको निशानामा महिलाहरु आउने सम्भावना भने उत्तिकै छ ।

अहिले हामीहरु आफूले आफैंलाई सभ्य र विकसित समाज भन्छौँ । तर, अहिले पनि हामी त्यो समाजमा छौँ, जहाँ महिलालाई आफ्नो शरीरमाथि अधिकार र नियन्त्रण छैन ।

अनिच्छित गर्भाभधारण

सन् २०१२ को आँकडा अनुसार प्रत्येक वर्ष विश्वमा करिब आठ करोड ५० लाख महिलाले आफ्नो इच्छा विपरीत गर्भधारण गर्छन् । अमेरिकाजस्तो मुलुकमा त यो अनुपात अझै बढी छ । यस किसिमको अनिच्छित गर्भधारण रोक्न विश्वमा करिब ५० करोड महिलाले गर्भनिरोधक औषधिको प्रयेग गर्छन् । तर, यसको प्रयोगमा पनि उनीहरुले धेरै किसिमको समस्या भोग्नुपर्ने हुन्छ ।

यसमा तनाव, माइग्रेन, चिन्ता, रगत जम्नेलगायत समस्या सामान्य हुन् । अनिच्छित गर्भधारण रोक्न धेरै महिलाहरुले भ्यासेक्टोमीको साहारा लिन्छन् । तर, यो निकै खतरानक हुन्छ । यसमा महिलाको मृत्युसम्म पनि हुन सक्छ ।

केही जानकारहरु भने नियन्त्रण आफ्नो हातमा भएपछि महिलाको यौन साथीको संख्या बढ्छ र असुरक्षित यौन सम्बन्धको कारण उनीहरुले विभिन्न किसिमको यौन संक्रमणको सामना गर्नुपर्ने हुन सक्छ । तर, अर्को एक अनुसन्धानले भने यस्तो नहुने दाबी गरेको छ ।

गर्भनिरोधक औषधि महिलासमक्ष पुग्नाले अनिच्छित गर्भधारणमा कमी आउनुका साथै गर्भपतनको दरमा पनि कमी आएको छ । एक अमेरिकी अध्ययनका अनुसार गर्भनिरोधकको सबैभन्दा धेरै फाइदा किशोरीहरुलाई पुगेको छ । उनीहरुको गर्भपतनमा ठूलो कमी आएको छ । डब्ल्यूएचओका अनुसार प्रत्येक वर्ष दुई करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । यस्तोमा धेरैजसो गर्भपतन गराउने महिलाहरुमा सचेतनाको अभाव रहेको देखिने गरेको छ । उनीहरु सरसफाइको ध्यान दिन सक्दैनन् । जसको कारण उनीहरुले धेरै किसिमको संक्रमणको सामना गर्दै आएका छन् । साथै धेरैको मृत्यु पनि हुँदै आएको छ । अमेरिकामा यस्ता महिलाको उपचारको लागि पाँच करोड ५० लाख डलर खर्च हुने गरेको छ ।

जानकारहरुका अनुसार पश्चिमा मुलुकमा गर्भपतन निकै सुरक्षित हुने गरेको छ । यद्यपि ल्याटिन अमेरिका वा साहारा क्षेत्रको अफ्रिकी मुलुकमा भने गर्भपतनको अर्थ आफ्नो ज्यान जोखिममा राख्नु हो ।

यदि गर्भधारण महिलाको नियन्त्रणमा हुने हो भने उनीहरुको गर्भधारण पनि योजनाबद्धरुपमा हुन्छ । साथै नौ महिनासम्म डाक्टरको रेखदेखमा उनीहरुले आफ्नो ख्याल राख्न सक्छन् । यदि उनीहरुले यो अवस्थामा कुनै किसिमको मेडिकल समस्याको सामना गरेको वा अन्य कुनै कारणले गर्भपतन गराउन चाहेको खण्डमा पनि उनीहरु सुरक्षित हुन्छन् । योजनाबद्धरुपमा गरिएको गर्भधारणले जन्मदरमा पनि कम हुन्छ । यसको अर्थ रातारात जनसंख्या नियन्त्रणमा आउँछ भन्ने होइन । धेरै महिला अहिले पनि धेरै बच्चाको इच्छा राख्छन् । केही महिलामा सामाजिक दबाब पनि हुन्छ । कहिलेकाँही छोरा जन्माउने चक्करआ महिलाले धेरै बच्चा जन्माउँछन् ।

गर्भधारणको फैसला महिलाले लिए के हुन्छ ?

यी सबै कुराको बाबजुद महिलामा गर्भधारणको नियन्त्रण भयो भने यसले महिलालाई मात्र नभई समाजको हित पनि हुनेछ । यस्तोमा उनीहरुले आफ्नो समय निकालेर कुनै सीप सिकेर आर्थिकरुपमा आत्मनिर्भर पनि हुन सक्छन् । उनीहरुलाई आफ्नो निर्णय लिने अधिकार हुन्छ । यस्तोमा महिला–पुरुषको सम्बन्धको नयाँ परिभाषा बन्नेछ ।

प्रगतिशील मुलुकमा यस किसिमको परिवर्तन निकै महत्वपूर्ण साबित हुनेछ । महिलाहरुले आफैँले निर्णय लिने अवस्था आयो भने उनीहरुमा एक सुखी दयालु र शान्तिपूर्ण समाज निर्माण हुनेछ । महिलाले समाजमा जति धेरै जिम्मेवारी निर्वाह गर्छन्, समाज त्यति नै राम्रो हुनेछ । उनीहरुसँग पर्याप्त समय पनि हुनेछ ।

यस्तो अवस्थामा धेरै उमेर भएका महिलाहरु पनि आमा भर्खर आमा बनेको देख्न सकिनेछ । पछिल्लो समय अलि धेरै उमेर भएपछि मात्र बच्चा जन्माउने चलन बढेको छ । वैज्ञानिकहरुले धेरै उमेर बढेपछि बच्चा जन्माउँदा धेरै किसिमको जटिलताको सामना गर्नुपर्ने बताउँदै आएका छन् । तर, विज्ञानको विकासले यसमा नियन्त्रण हासिल भएको छ ।

अहिले मेडिकल साइन्स यति विकसित भइसकेको छ कि स्पर्मलाई भविष्यमा प्रयोग गर्न सकिने किसिमले सुरक्षित राख्न सकिन्छ । महिलाले जतिबेला चाहन्छन्, यसको प्रयोग गर्न सक्छन् । यस्तोमा उनीहरुलाई कुन पुरुषको बच्चा जन्माउने भन्ने अधिकार प्राप्त हुनेछ । तर, जानकारहरु भने अहिलेसम्म हाम्रो समाज त्यसका लागि तयार नभएको बताउँछन् ।

महिलाहरुलाई उनीहरुको शरीर र गर्भधारणको स्वतन्त्रता दिनका लागि सबैभन्दा पहिला पुरुषले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

स्रोत : बीबीसी

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech