बाँके। कोरोना संक्रमणको कारण बाँके जिल्लामा थप एक जनाको मृत्यु भएको छ। सुर्खेतकी ३८ वर्षीय महिलाको भेरी अस्पतालमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी गराए। योसँग संक्रमणको कारण जिल्लाभित्र ३१० र बाहिरी जिल्लाका ३४३ जना गरी बाँके जिल्लमा ६५३ संक्रमितको मृत्यु भएको ओलीले बताए।