१६ चैत्र २०८०, शुक्रबार

आज २,७६८ मा कोरोना पुष्टि, ४ हजार बढी संक्रमणमुक्त, ४४ को मृत्यु
  • न्युज मानसराेवर

बाँके ।  पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार २० जना संक्रमणमुक्त भएका छन्। यस्तै ४४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५६९ पीसीआर र ५ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् भने ८ हजार ६४१ जनाको मृत्यु भएको छ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech