१४ बैशाख २०८१, शुक्रबार

संचारमाध्यम सम्बन्धी लुम्बिनी प्रदेशको विद्येयकमा प्रेस काउन्सिलको असहमति
  • न्युज मानसराेवर

बाँके । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी विधयेकप्रति असमति रहेको बताएका छन्। अध्यक्ष बस्नेतले आज विज्ञप्ती जारी गरेर सञ्चारमाध्यम प्रकाशन र प्रसारणमा रोक लगाउने,आचारसंहिता उल्लंघनमा कारबाही गर्ने, सञ्चारकर्मीलाई कैद र जरिवाना गर्न सक्ने जस्ता प्रावधानसहित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा दर्ता भएको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन्।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech