१५ चैत्र २०८०, बिहीबार

नरैनापुरद्वारा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत
  • न्युज मानसराेवर

नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम आईतबार गाँउसभामा प्रस्तुत गरेको छ । नरैनापुर गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाँउसभामा प्रस्तुत गरेका हुन् ।

गाउँपालिका अध्यक्ष शाहद्वारा प्रस्तुत गरिएको सो नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ र कृर्षि क्षेत्रमा महत्वपुर्ण तथा महत्वाकांक्षी योजनाहरु समेटिएका छन् ।

पालिकामा दक्ष प्राविधिक उत्पादन गर्ने उदेश्यले डाक्टर, इन्जिनियर र बिज्ञान बिषय पढ्न चाहानेलाई निशुल्क शिक्षा, कृषक पेन्सन योजना अन्तरगत १ हजार जना कृषकलाई मासिक ५ सयका दरले पेन्सन बितरण, ‘म किसान नरैनापुरको सान’ स्लोगन अन्तर्गत विभिन्न कार्यक्रम चलाइने, ‘खोजी खोजी बनाऔ साक्षर’ अभियान र विद्यालय भर्ना अभियानलाई जोड दिनुका साथै बृहत गाउँ शिक्षा कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिने छ ।

यस्तै ‘बर्फानी बाबा राम्रो ठाउँ नरैनापुर घुम्न जाउ’ अभियान संचालन, १० फलफुलका बोट रोप्ने परिवारलाई फलफूलका बिरुवा स्याहार भत्ता स्वरुप मासिक ५ सय बितरण, आफ्नो गाउँ आफै बनाउन कार्यक्रम सञ्चालन, ‘वान पिरिएड फर नरैनापुर’ क्याम्पेन प्रोग्राम चलाइने, बृहत गाउँ शिक्षा कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिने र खोप खरिद गर्न संघीय सरकार र प्रदेश सरकारसङ्ग अनुमति मागिने लगायतका कार्यक्रम प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech