३ जेष्ठ २०७९, मंगलवार

एमालेकाे भ्याकेट निवेदनमाथि सुनुवाइ हुँदै
  • न्युज मानसराेवर

काठमाडाैं।कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारबाहीमा सर्वोच्चले रोक लगाएपछि परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णालीका चार सांसदमाथि एमालेले गरेको कारबाही बदर गरी पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।त्यसविरुद्ध एमालेले भ्याकेट निवेदन दिएको छ।अन्तरिम आदेशमा दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटिलाई नभएको ठहर गरिएको थियो।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech