८ बैशाख २०८१, शनिबार

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके ।  आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई दिउँसो मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech