१४ बैशाख २०८१, शुक्रबार

कोहलपुर नगरपालिकाले सञ्चालन गर्ने कृषि तथा पशुपन्छी विकास नीति मा के छ ?
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी नीति प्रस्तुत गरेको छ ।
कोहलपुर नगरपालिकाको ९ औँ नगर सभाले आर्थिक वर्ष २०७८र७९ को निति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी नीति प्रस्तुत गरेको
हो । उल्लेखित नीति तथा कार्यक्रममा “किसानको मान कोहलपुरको पहिचान ” भन्ने नारा सहित कृषि कार्यमा संलग्न उत्कृष्ट कृषक,कृषि उद्यमी ,कृषि सहकारी ,समुहलाई नगर प्रमुख उत्कृष्ट कृषक कृषि उद्यमी ,कृषि सहकारी, समुहलाई पुरस्कारले पुरष्कृत गर्ने निति लिएको छ । जसका लागि कृषि विकास सेवा बजार व्यवस्थापन सम्बन्धि नीति कानून निर्देशिका कार्यविधि र मापदण्ड तयार गर्ने लक्ष्य लिएको छ ।

प्रस्तुत निति तथा कार्यक्रममा कृषि उत्पादनमा आधारित अनुदान सहति दुधमा प्रति लिटर १ रुपैया अनुदानको व्यवस्था गरिएको छ भने खसी बाख्राको सामुहिक बजारीकरणमा प्रति केजी १० रुपैयाका दरले उत्पादनमा आधारित अनुदान प्रदान गरिने भएको छ ।

घर घरमा महिला कृषक उद्यमी आउनेछ घरमा शान्ति र समृद्धि नारका साथ महिला कृषक र सहकारी लक्षित कार्यक्रम सञ्चालन गर्ने निति लिएको छ । जस अन्तगत गैर सरकारी संस्थाहरुसंगको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने नगरपालिको योजना रहेको छ ।

नगर पालिका का वनजङ्खलसंग जोडिएका वडाहरु लाई बाख्रा पकेट क्षेत्र रुपमा विकास गरिने भएको छ । कोहलपुर नगरपालिका वडा न ८ लाई बोयर बाख्राको स्रोत केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सिक्टा नहरको सिंचाइ क्षेत्रभित्र पर्ने वडा न ४,६,७,९,१४र १५ वडालाई खाद्यन्न पकेट क्षेत्र बनाउने लक्ष्य लिइएको छ भने उक्त क्षेत्रमा हिउदे धान र मकै खेति कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यसै गरी फलफुल जन्य उत्पादनमा विउको उपलब्ध र प्राविधिक सहयोग सगै ६० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।कोहलपुर नगरपालिका वडा न १३ को खडकवार र भरैयामा कागती खेतिको पकेट क्षेत्रको रुपमा विकास गरिने बताइएको छ ।

यसै गरी कोहलपुर नगरपालिकाले एक घर दुइ फलफुल विरुवा अभियान सञ्चालन गर्ने भएको छ । यसै गरी कृषि तथा पशुपन्छीमा आधारीत एक उपज एक नमुना कृषि फर्म सहित एक वडा नमुना फर्म मोडेलको रुपमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।भने किसानले व्यहोर्ने पशु बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान प्रदान गरिने छ ।

यसै गरी कृषिमा के पाइन्छ होइन के चाहिन्छ भन्ने नीति अनुरुप मागमा आधारित कृषि कार्यक्रम एक घर एक करेसाबारी र कौशिखेति कार्यक्रम संचालन गरिने योजना ल्याएको छ । जस अनुसार किसानलाई मल गुणस्तरीय विउ किटनाशक औषधीहरु कृषि उपजको प्रशोधन भण्डार र ढुवानी गर्ने सहकारीलाई विउ पुजीँको व्यवस्थापन गरिने भएको छ ।

यसै गरी खेतियोग्य जमिन बाँझो र खण्डीकरण गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी सामुहिक साझेदारीमा सहकारी र करार खेती प्रणालीलाई प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले २ वर्ष भित्र आलु ३ वर्ष भित्र चामल र ५ वर्षमा गहुँ र कमैमा आत्म निर्भर बनाईने उल्लेख गरिएको छ ।

यसै गरी स्थानीय अर्थतन्त्रमा सबलीकरण कृषिको आधुनिकीकरण नारा सहित कृषि क्षेत्रको आधुनिकरण तथा व्यवसायीकरण गरी अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गरिने आर्थिक वर्ष ७८।७९ को नीति तथा कार्यक्रममा आवश्यक बजेटको व्यवस्थापन गरिने कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले उल्लेख गरेका छन् ।

 

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech