कोहलपुर। कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९का लागि कूल १ अर्ब १७ करोड ३४ लाखको बजेट प्रस्तुत गरेको छ ।
कोहलपुर नगरपालिका आर्थिक विकास समित संयोजक डिल बहादुर परियारले आर्थिक बर्ष ०७८।७९ को बजेट प्रस्तुत गरेका थिए ।
संयोजक परियारले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम कार्यपालिकाको बैठकको निर्णय अनुसार आफुले बजेट भाषण गरेको उल्लेख गरेका छन् ।
कोहलपुर नगरपालिकाले पूर्वाधार विकास , समाजिक विकास , आर्थिक विकास , वन वातावरण तथा विपत व्यवस्थापन र संस्थागत क्षमता विकास तथा सुशासन का क्षेत्रमा मुख्य रुपमा आर्थिक वर्ष २०७८।७९का लागि बजेट विनियोजन गरेको छ ।
कोहलपुर नगरपालिकाको प्रस्तुत आर्थिक बर्षको बजेट नेकपा एमाले बाट निर्वाचित बहुमत सदस्यहरुको प्रस्तावमा पारित गरिएको हो ।
पारित नीति तथा कार्यक्रम अनुरुप आर्थिक वर्षको बजेटमा १ अर्ब १७ करोड ३४ लाखको बजेट ल्याइएको कोहलपुर नगरपालिका विधायन समिति संयोजक भिम नेपाली जानकारी गराए ।
नेपालीले पारित नीति तथा कार्यक्रमका लागि आवश्यक पर्ने बजेट ल्याइएको बताएका छन् ।