७ बैशाख २०८१, शुक्रबार

खजुराका ४० जना युवा किसानलाई व्यवसाय संचालन गर्न सहयोग
  • न्युज मानसराेवर

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा रहेका ४० जना युवा किसानहरुलाई व्यवसायमा अघि बढ्न आर्थिक सहयोग गरिएको छ ।

कृषि तथा पशु उद्यमशिलता परियोजना अन्तरर्गत संचालन गरिएको कार्यक्रममा बैदेशिक रोजगारी बाट फर्किएका तथा बैदेशिक रोजगारमिा जान लागेका युवाहरुलाई नेपालमै बसेर व्यवसाय संचालन गर्न सहज होस भन्ने हेतुले ४० युवाहरुलाई प्रतिव्यक्ति ४० हजार सहयोग गरिएको परियोजनाका संयोजक प्रेम विकले जानकारी गराए ।

युवा उद्यमी अभिमुखिकरण तथा सहयोग हस्तान्तरण कार्यक्रममा चेक हसतान्तरण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सानो व्यवसायबाट सुरुवात गरि त्यसलाई विस्तारै बढाउन युवाहरुलाई आग्रह गरे ।

युवाले व्यवायिलाई अघि बढाउन आवश्यक रहेको भन्दै अध्यक्ष कक्षपतिले व्यवसायिक योजना लिएर गाउँपालिका आउने युवालाई सहकार्य समन्वय मार्फत सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गरे ।

कृषि तथा पशु उद्यमशिलता परियोजना संचालनका लागी खजुरा गाउँपालिकाले चार करोड लगानी गरेको छ ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले ८ वटै वडा कार्यालयले सिफारीस गरेबमोजिम पहिलो चरणमा ४० युवालाई व्यवसाय संचालन गर्न सहयोग गरिएको बताइन् ।

परियोजनामा हेफर प्रोजेक्ट नेपालले प्राविधिक सहयोग गरिरहेको छ भने इन्रुडेकले परियोजना संचालन गर्न सहजिकरण गरिरहेको इन्रुडेक बाँकेका अध्यक्ष धर्म रोकायले कार्यक्रममा जानकारी गराए ।

आज ४० हजार सहयोग लिने युवा किसानहरुले बाख्रा तथा बंगुर पालन गर्ने र सोहि व्यवसायलाई व्यवस्थित गर्न उक्त रकम सदुपयोग गर्ने इन्रुडेक बाँकेका अध्यक्ष रोकायलले विश्वास व्यक्त गरेका थिए ।  किसान आवज बाट

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech