१३ बैशाख २०८१, बिहीबार

एमालेमा प्रवेश भए ९५ जना
  • न्युज मानसराेवर

बाँके राप्ती सोनारी।  नेकपा एमाले राप्तिसोनारि गाउँ पालिका वडा ९ मा वडा स्तररिय भेला सम्पन्न भएको छ।
भेलाले सोमलाल थारुको अध्यक्षतामा २७ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

भेलामा सोमलाल थारु को नेतृत्व मा ९५ जना एमालेमा प्रवेश गरेका छन् । उनीहरु नेपाली काग्रेस , नेकपा माओवादी राप्रपा पार्टी त्याग गरी नेकपा एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।

यसै गरी वडा भेलालाई  नेकपा एमाले का  नेता  देवराज भार ,सुर्य ढकाल ,पुजन विश्वकर्मा, प्रेम भुषाल,धननाथ खनाल, बलराम भट्टराई र सोमलाल थारुले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता विश्वराज खनालले गरेका थिए भने ,संचालन माधव पौडेल, र स्वागत खुमा डागिले गरेकी थिइन् ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech