१३ बैशाख २०८१, बिहीबार

देशभर आज निको भए ३ हजार ५९७ कोरोना संक्रमित
  • न्युज मानसराेवर

कोहलपुर ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएको बताएको छ। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये ९३ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ७३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसै गरी बाँकेको कोहलपुर नगरपालिकामा संक्रमित संख्या घटेको छ पछिल्लो समय कोहलपुर नगरपालिका क्षेत्रमा होम आइसोलेसन मा रहेका कोरना संक्रमित घटेको कोहलपुर नगरपालिका स्थित फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन् । हाल संक्रमित संख्या १६ मा झरेको छ । उनीहरु लाई स्वास्थ्य शाखाले मनोपरामर्श सेवा दिइएको खनालले जानकारी गराएका छन् ।

त्यसैगरी  आज  देशभर २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ जना पुगेको छ। बितेको चौबिस घण्टामा ११ हजार ५६८ जनको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। परीक्षण गरिएकामध्ये २६.३ प्रतिशतम कोरोना पुष्टि भएको छ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech