१२ श्रावण २०८१, शनिबार

बैजनाथका ३ जना उत्कृष्ट शिक्षक छनोट
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामानिक निर्देशनालयले बाँकेको बैजनाथ गाउँपालिका ३ जना शिक्षक तथा विद्यालय लाई उत्कृष्ट घोषणा गरेको छ ।

बैजनाथ गाउँपालिका वडा न २ स्थित जनता आर्दश मावि जब्दहवा प्र.अ महेश कुमार शर्मा , वडा न ५ स्थित प्रभाव मा वि जिगाँउका शिक्षक बाबुराम अधिकारी र प्रभात मा वि जिगाँउ शिक्षिका विद्यादेबी शर्मा उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यालय छनोटमा परेका हुन् ।

शैक्षिक संस्थाहरुलाई प्रोत्साहन कार्यक्रम संचालन मार्गदर्शन २०७८ को दफा ५ अनुसार बाँके बर्दिया जिल्लाका सामुदायिक विद्यालय तथा शिक्षक शिक्षिका छनोट गरिएको हो ।

शैक्षिक संस्थाहरुलाई प्रोत्साह गर्ने उदेश्यले विद्यालयको योजना तथा सम्बन्धित स्थानीय निकायको सिफारिसमा विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सुधारका क्रियाकलापमा सहयोग गरिने छ भने उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा पुरुस्कारको समेत व्यवस्था गरिएको छ ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech