१२ श्रावण २०८१, शनिबार

बैजनाथमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविरमा लाभ लिदै सेवा ग्राही
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिको संचालन गरेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर बाट लाभ लिनेहरुको संख्या बृद्धि भएको छ । बैजनाथ गाउँपालिकाका आठ वटै वडाहरुमा संचालन शिविरले सेवा ग्राहीहरुलाई सहज भएको बैजनाथ गाउपालिकाका सचिव तथा सामाजिक एवं पञ्जिकरण शाखा प्रमुख धनबहादुर नेपालीले बताए ।

शिविरको महत्व विस्तारै बुझ्दै हुनुहुन्छ सेवाग्राहीहरुले सेवा लिन आउनेको संख्या विस्तारै बृद्धि हुने अनुमान गरेका छौँ बैजनाथ गाउँपालिका वडा न ३ का अध्यक्ष राम चरण थारुले भने ।

आज शिविरमा सेवा लिन १६ जना आउनु भएको छ केही दिनमा यो संख्या थप हुने विश्वास लिएका छौँ बैजनाथ ३ का वडा सचिव रमेश पौडेलले बताए । जस मध्य जन्मदर्ता . ७, बिबाह दर्ता ८ र मृत्यु दर्ता.१ रहेका छन् । वडा न. १ देखी ७ वडामा २२ सम्म शिविर संचालन गरिने छ भने वडा न ८ मा २३ र २५ गते सम्म संचालन हुने छ ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech