११ श्रावण २०८१, शुक्रबार

मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली भई प्रदेश–१ का केही स्थानमा मध्यम र अन्य प्रदेशमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभरका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech