१२ श्रावण २०८१, शनिबार

फेरि निको हुनेभन्दा थपिने कोरोना संक्रमितको संख्या बढी देखियो
  • न्युज मानसराेवर

बाँके।  धेरै दिनपछि आज निको हुनेभन्दा थपिने कोरोना संक्रमितको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर दुईहजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा निको हुने संक्रमितको संख्या मात्र एकहजार ५६५ रहेको छ। योसँगै नेपालमा निको हुने संक्रमितको संख्या छलाख १२ हजार ९९४ जना पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech