३१ भाद्र २०८२, मंगलवार

ओलम्पिक खेल्न गौरिका पनि जापन पुगिन्
  • न्युज मानसराेवर

बाँके। नेपालबाट ओलम्पिक खेल्ने पौडी खेलाडी गौरिका सिंह पनि जापान पुगेकी छन्। जापानको तोकुशिमामा दुई साता विशेष प्रशिक्षण गरेपछि नेपाली टिम ओलम्पिक भिलेज जानेछन्। त्यसका लागि गौरिका इङ्ल्यान्डबाट सिधै जापान गएकी हुन्। नेपालबाट आइतबार एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की जापान गएका थिए। टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech