५ बैशाख २०८२, शुक्रबार

सामाजिक सेवा विभागको दोस्रो बैठक सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ। नेकपा एमाले जिल्ला सामाजिक विभागको बैठक सम्पन्न गरिएको छ ।   बैठकले विभागलाई चलाएमान बनाउन विभागका सदस्यहरु लाई कार्य विभाजन  गरेको छ ।  विभागका प्रमुख शिबलाल पाण्डेको अध्यक्षतामा बसेको बैठकले बाँकेका आठ वटै स्थानीय तह का लागि विभागका सदस्यहरु जिम्मेवारी तोकेको हो ।  यसै गरी सामाजिक संघ संस्थाहरुको तथ्याङ असार १५ भित्र संकलन गरी एक दिने कार्यशाला गोष्ठिको आयोजनाथ गर्नेे ,पार्टी सदस्यता नविकरण गर्ने  निर्णय गरेको छ । यसै गरी बैठकले विभागको जिल्ला सचिवमा रबि रोकाया लाई मनोनयन गरेको छ । बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकाल लगाएतको सहभागिता रहेको थियो ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech