बाँके बैजनाथ । नेपाल सरकारले आन्तरिकिरण गरेको मोडेल गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत व्यवसाय संचालन गर्नाको लागि बाँकेको बैजनाथ गाउँपालिकाले औजार हस्तान्तरण गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०६६\ ६७ मा मेडपा मोडेललाई आन्तरिकिकरण गरेको थियो ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले औजार हस्तान्तरणमा बोल्दै व्यसाय संचालन गर्न सानो सहयोग हुने आशाले सामाग्री हस्तान्तरण गरिएको बताए । उनले आर्थिक रुपान्तरणका लागि उद्यमीशिलता आवश्यक पर्ने हुँदा सिकाई बाट प्राप्त ज्ञानलाई आफ्नो व्यवसाय मार्फत उजागर गर्न आग्रह गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक , प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी सूचना अधिकारी तप्तराज आचार्य लगाएतको सहभागिता रहेको थियो । बैजनाथ गाउँपालिकामा हाल मेडपा मोडेल अन्तर्गत आर्थिक वर्ष २०७७\०७८मा १०० जनालाई उद्यमशिलता तालिम तथा उनीहरुको मागका आधारमा आवश्यक सामाग्री हस्तान्तरण गरी उनीहरुलाई उद्यमी बनाइएको जानकारी गराइएको छ । हस्तान्तरण सामाग्रीमा १३ हजार ६ सय ६५ रुपैया को वाइरिङ टुल बक्स वितरण गरिएको थियो ।