२४ मंसिर २०८०, आईतवार

युवा संघ नेपालको बैजनाथमा वृक्षारोपण
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव रबिन्द्र लम्सालको प्रमुख अथित्यमा बाँकेको बैजनाथमा वृक्षारोपण गरिएको छ ।  राष्ट्रिय युवा संघ नेपाल को राष्ट्रिय अभियान अन्तगर्त पछिल्ला समय देशभर  वृक्षारोपण कार्यक्रम व्यापक रुपमा संचालन   गरेको छ ।

राष्ट्रिय युवा संघको केन्द्रीय अभियान अन्तगर्त देशभरिमा पाँच लाख बिरुवा वृक्षारोपण गर्ने बताइएको छ । बैजनाथ गाउँपालिका वडा न १ चिसापानीको जन जागरण स्कुल को प्राङ्गणमा ५०० बिरुवा वृक्षारोपण गरिएको हो ।

अभियानमा पार्टीका नेता तथा कार्यकर्ताहरुको विशेष सहभागिता रहेको थियो ।  वृक्षारोपण  अभियानमा नेता घननाथ खनाल ,राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्मा ,सचिवालय सदस्य निर्मला मल्ल, राष्ट्रिय युवा संघ नेपाल बाँके अध्यक्ष तिलक वीर सुनार ,जिल्ला उपाध्यक्ष भुपाल शर्मा,बैजनाथ गाउँपालिका  अध्यक्ष अनिल कुमार थापा,वडा अध्यक्ष रुप बहादुर मल्ल,जिल्ला वन अधिकृत राजु क्षेत्रिको समेत सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल वडा अध्यक्ष विशाल बुढाको अध्यक्षतामा वृक्षारोपण कार्यक्रममा सम्पन्न सम्पन्न गरिएको थियो ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech