१२ श्रावण २०८१, शनिबार

बैजनाथ गाउँपालिकाको बजेट अधिवेशन समापन हुदैँ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८\७९ को बजेट सर्वसम्मत पास गरेको छ ।

बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि कूल बजेट ६५ करोड ४३ लाख ९० हजार ९ सय २ पैसा ३१ सर्वसम्मत पास गरेको हो । नियमित गाउँ सभा असार ७ गते बाट सञ्चालन गरिएको थियो भने बजेट २५ गते सर्वसम्मत पास गरेको हो ।

बैजनाथ गाउँपालिकाको नियमित गाउँ सभा बाट उक्त बजेट सर्वसम्मत पास गरिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराए ।

यसै गरी नियमित गाउँ सभामा समसामायिक विषयमा छलफल जारी रहेको  समेत ऐडीले बताएका छन् ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech