बाँके बैजनाथ । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश विरुद्ध बाँकेको बैजनाथ गाउँपालिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पुत्ला दहन गरिएको छ । प्रधामन्त्री चयन प्रक्रिया सर्वोच्च अदालले गर्न नमिल्लने असंवैधानिक फैसला भएको ठहर गर्दै राष्ट्रिय युवासंघ बैजनाथ कमिटि र अनेरास्वियु बैजनाथ कमिटिले प्रधानन्यायाधीश को पुत्ला दहन गरेका हुन् ।
बैजनाथ गाउँपालिका वडा न ६ संझना बजार स्थित प्रधानन्यायाधीश विरुद्धमा नारा जुलुस सहित प्रधानन्यायाधीश को पुत्ला चलाइएको हो । सर्वोच्च अदालले प्रधामन्त्री बनाउने कार्य असवैधानिक छ हाम्रो आन्दोलन जारी रहने एमालेका युवा नेता विरेन्द्र सुवेदीले जानकारी दिएका छन् । अदालतको असवैधानिक कदम भन्दै विरोधमा र्याली सहित आन्दोलन गरिएको थियो । आन्दोलनमा नेकपा एमालेका युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।