११ श्रावण २०८१, शुक्रबार

बैजनाथमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पुत्ला दहन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश  विरुद्ध बाँकेको बैजनाथ गाउँपालिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पुत्ला दहन गरिएको  छ । प्रधामन्त्री चयन प्रक्रिया सर्वोच्च अदालले गर्न नमिल्लने असंवैधानिक फैसला भएको ठहर गर्दै राष्ट्रिय युवासंघ बैजनाथ कमिटि र अनेरास्वियु बैजनाथ कमिटिले प्रधानन्यायाधीश को पुत्ला  दहन गरेका हुन् ।

बैजनाथ गाउँपालिका वडा न ६ संझना बजार स्थित प्रधानन्यायाधीश विरुद्धमा नारा जुलुस सहित प्रधानन्यायाधीश को पुत्ला चलाइएको हो ।  सर्वोच्च अदालले प्रधामन्त्री बनाउने कार्य असवैधानिक छ हाम्रो आन्दोलन जारी रहने एमालेका युवा नेता विरेन्द्र सुवेदीले जानकारी दिएका छन् ।   अदालतको असवैधानिक कदम भन्दै विरोधमा र्याली सहित आन्दोलन गरिएको थियो ।   आन्दोलनमा नेकपा एमालेका युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech