कोहलपुर । कोहलपुरमा कोरना संक्रमित संख्यामा बृद्धि भएको छ । आज संक्रमित संख्या १७ पुगेको छ ।
असार महिला भित्र यो संख्या घट्ने बढ्ने क्रम जारी छ । स्वास्थ्य मापडण्ड पालन नहुनु यसको मुख्य कारण रहेको कोहलपुर स्वास्थ्य शाखाले भनेको छ ।
मुख्य रुपमा कोरना संक्रमित संख्यामा बढ्नु सामाजिक दुरीको पालना नहुनु माक्स नलगाउनु र बेला बेलामा सावुन पानीले हात नधुनु नै प्रमुख कारण हो कोरना फोकल पर्सन गेहराज खनालले भनेका छन् ।
अब स्थिति नाजुक बन्न सक्छ स्वास्थ्य मापडण्ड पालन अनिवार्य गर्नु पर्ने खनालले भने ।
असार महिना अवधिमा १४ बाट १० सम्म झरेको संक्रमित संख्या आज १७ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् । संक्रमित मध्य १० जना पुरुष र ७ जना महिला छन् ।
स्वास्थ मापडण्ड पालना नगरिए संकटको अवस्था सृजना हुन सक्ने अनुमान गरिएकोृ छ । बढ्दो शहरीकरण सगै स्वास्थ्य मापडण्ड पालना नहुदा कोरना संक्रमित संख्यामा बृद्धि भएको छ ।
कोहलपुरमा कोरना संक्रमणका कारण मात्र ६४ जनाको मृत्यु भइसकेको छ ।
आज नेपालमा २ हजार ६ सय ७६ जनामा कोरना भाइरस देखा परेको छ भने ३३ जनाको मृत्यु भएको छ ।