२५ जेष्ठ २०८२, शनिबार

बैजनाथ गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाले चाडपर्व खर्च बापत ५ हजार पाउने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८\७९ मा महिला स्वास्थ्य स्वयंसेविका हौसला र उत्साह सृजना गर्न चाडपर्व खर्च दिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बार्षिक चाडपर्व खर्च बापत बार्षिक ५ हजार उपलब्ध गराउने गाउँपलिकाको नियमित गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम  मार्फत बजेट विनियोजन गरिएको हो ।

यसै गरी महिला स्वास्थ्य स्वयंविका लाई  आमा समुह बैठक भत्ता समेत उपलब्ध गराइने छ ।  वर्षमा ६ वटा आमा समुह बैकठ अनिवार्य गरिएको छ ।  भने यातायात खर्च बापत मासिक २ हजार पाउने छन् ।  यसका लागि बैजनाथ गाउँपालिकाले बैठक भत्ता बापत २ लाख ७६ हजार विनियोज गरेको छ ।  भने चाडपर्व खर्चका लागि २६ लाख ६८ हजार विनियोजन गरेको छ ।

यसै गरी स्वास्य सेवामा गाउँपालिकाले मातृ नवजात शिशु स्याहारको लागि ३५ दिन भित्र जन्म दर्ता गरेमा अनिवार्य १ हजार का दरले प्रोत्साहन दिने छ । भने एम्बुलेन्स भाडा बापत सुत्केरी भएको स्वास्थ्य संस्था बाट यातायात खर्च उपलब्ध गराउने छ ।  बैजनाथ स्वास्थ्य संस्थाहरु बाट रिफर गर्नु पर्ने अवस्था आए सुत्केरी लाई  यातायातको सुविधा समेत  उपलब्ध गराइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  बैजनाथ गाउँपालिकामा ९२ जना स्वस्थ्य स्वयंसेविकाहरु छन् ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech