१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा ८२ वर्षिया महिलाको हत्या
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेको कोहलपुर–११ एकता नगरमा  जेष्ठ नागरिक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार मृतकको टाउकोमा गम्भीर चोट छ ।

मृतक महिला ८२ वर्षिया साउली कार्की भएको खुल्न आएको छ । घरमै रहेको अवस्थामा उनको टाउकोमा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि घटनास्थल मुचुल्का गरी शव पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।

घटनालाई गम्भीरता पूर्वक लिएर अनुसंधान सुरु गरिएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । मृतक महिला माओवादी केन्द्र निकट वाईसियल बाँकेका संयोजक आकाश कार्कीकी आमा हुन ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech