कोहलपुर । नेकपा एमाले बाँकेले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मी , श्रमजिवी कर्मचारीहरुले तलब नपाएको प्रति अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको छ । ३ महिना सम्म अस्पताल प्रशासनले तलब भत्ता उपलब्ध नगराएको प्रति नेकपा एमाले बाकेले उक्त प्रेम विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो । एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल द्धारा हस्ताक्षर गरिएइको प्रेस विज्ञप्तीमा मार्फत अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको छ।
जारी प्रेस विज्ञप्तीमा नेपाल सरकारले उपलब्ध गराएको कोभिड भत्ता समेत उपलब्ध गराउनु पर्ने भनिएको छ । यसै गरी राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय नेपालगंज अन्तरगत गठित कोभिड–१९ मानवअधिकार अनुगमन समितिले अस्पताल ब्यवस्थापन पक्ष र आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारी सँग भेट गरी त्यहाँको अवस्था बारेमा जानकारी लिएको छ । अनुगमनमा गएको समितिले दुबै पक्षलाई वार्तामा बसी समस्या समाधान गर्न आग्रह पनि गरेको छ ।