२० बैशाख २०८१, बिहीबार

एमाले केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि बस्दै
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको एमालेले आज सोबारे निर्णय गर्ने जनाइएको छ। मंगलबारको बैठकमा प्रदेश कमिटीका अध्यक्षहरुले साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिएको र आज त्यसमाथि नेतृत्वले जवाफ दिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech