२० बैशाख २०८१, बिहीबार

आज कोहलपुरमा संक्रमित संख्या २२
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या २२ मा झरेको छ । केही समय नियन्त्रणमा रहेको संक्रमित संख्या १० सम्म झरेको थियो । पछिल्लो समय यो संख्या २४ सम्म पुगी आज २२ मा झरेको हो । संक्रमित सख्यामा सुधार भने होइन स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले भनेका छन । सक्रमित संख्या सबै होमआइसोलेसन छन । स्थानीय वडा कार्यालय स्थित स्वास्थ्य इकाइ कार्यालयले संक्रमितलाई मनोपरामर्श सेवा दिइरहेको खनालले भनेका छन। सामाजिक दुरी लाई पालना गर्न र माक्स अनिवार्य रुपमा प्रयोग गर्न कोहलपुर स्वास्थ्य कार्यालयले अपिल गरेको छ । निको हुने १ पुरुष १ महिला रहेका छन भने २२ जना मध्य ११ पुब्रुष र ११ महिला रहेका छन ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech