१२ श्रावण २०८१, शनिबार

बाँकेका प्रथम पत्रकार गुप्तको ९५ औं जन्म जयन्ती मनाईयो
  • न्युज मानसराेवर

बाँके।बाँकेका प्रथम पत्रकार स्व. महावीर प्रसास गुप्तको ९५ औं जन्म जयन्ती आज शनिबार मनाईएको छ ।
किरण साप्ताहिकद्वारा आयोजना गरिएको स्व. गुप्तको ९५ औं जन्म जयन्तीका अवसरमा स्व. गुप्तले बाँके जिल्लामा गरेका अतुलनीय योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषि चौलागाईले स्व. गुप्तले पत्रकारिता क्षेत्रमा मात्र नभई शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदान अब आउने नवपिढीहरुका लागि प्रेरणाको स्रोत रहेको बताए  ।
विशिष्ठ अतिथि तथा वरिष्ठ साहित्यकार सच्दिानन्द चौबेले आफू स्व. महावीर प्रसाद गुप्तसँग सामाजिक कार्यदेखि शैक्षिक विकास कार्यमा सहयात्री भई कार्य गरेको स्मरण गरे।। वरिष्ठ साहित्यकार चौबेले स्व. गुप्त कुस्ती समेत विभिन्न अखाडामा गई खेल्ने गरेको बताएका थिए ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech