कोहलपुर। ६ महिना अघि कोहलपुर बाट हराएका ३ बाल बालिकालाई भारतको बरेली बाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका वडा न ४ का ७ देखि ९ बर्षका २ बालक र १ बालिका भारतको बरेली स्थित एक बाल गृहमा भेटिएका उनिहरुको उद्धार गरि कोहलपुर वडा नं ४ का वडा अध्यक्ष तिरथ राम थारुले नेपाल फिर्ता ल्याएका थिए ।
उद्धार गरिएका बालबालिकाहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर महिला तथा बालबालिका सेवा केन्द्रको रोहबरमा अभिभावको जिम्मा लगाइएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्र प्रहरी जवान सिमा चन्द्रका अनुसार दुई बालक बुवा राजन बादीको जिम्मा लगाइएको छ भने बालिकालाई आमा राजकुमारी माझीको जिम्मा लगाइएको जानकारी गराइन।
अभिभावको आर्थिक अवस्था राम्रो नहुदाँ र उचित हेरचार नपाउँदा यस्ता बालबालिकाहरु मगन्ते जीवन जीउन बाध्य छन । यसको पछिल्लो उदाहरण बालबालिका हराएको ६ महिना सम्म पनि हराएको जानकारी ईलाका प्रहरी कार्यालयमा अभिभावक बाट नहुनु बुझन सकिन्छ । उद्धार गरिएकी बालिकाको बुवा छैइनन । उनको मृत्यु भइसकेको छ ।आमा राजकुमारी माझीले अकै सँग विवाह गरेकी छन। यसै गरी उद्धार गरिएका २ बालकका अभिभावको आर्थिक अवस्था नाजुक छ । उनीहरु सारङगी बजाई आफ्नो परिवार पाल्ने गर्छन ।
निशुल्क शिक्षा सगै भोक अत्यका लागि राज्यले स्वरोजगार कार्यक्रम संचालन गरेतापनि लोभउन्मुख ,विपन्न समुदायका परिवारमा राज्यले उपलब्ध गराएका सेवा विस्तार हुन सकेका छैनन।