बाँके। नेपालमा पछिल्ला वर्षहरुमा ‘सी फुड’का सौखिन बढेका छन्।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी फुड नेपाल भित्रिएको हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७६ करोड४४ लाख ६८ हजार रुपैयाँको ६८ लाख ६५ हजार ३७ केजी सी फुड नेपालले आयात गरेको थियो।