१२ श्रावण २०८१, शनिबार

भेरी अस्पताललाई शिक्षण अस्पताल बनाउन प्रस्ताव
  • न्युज मानसराेवर

बाँके।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले यस क्षेत्रकै ठूलो सरकारी भेरी अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सकारात्मक रहेको बताएका छन् ।

त्यसका लागि राजनीतिक दलको सहमति आवश्यक रहेको उनले जनाए । मंगलबार पहिलो पल्ट भेरी अस्पतालको १३१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भेरीलाई शिक्षण अस्पतालका रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन । उक्त अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न नेपालगन्जबासीहरुले बर्षौदेखि माग गर्दै आएका हुन ।

भौतिक पुर्बाधार र बिशेषज्ञा चिकित्सकहरु रहेको भेरीलाई शिक्षण अस्पतालकारुपमा विकास गर्न सरकार अनईच्छुक रहेको आरोप नेपालगन्जबासीको छ । उनले कोरोनका महामारीका बेला बाँके हटस्र्पोट बनेको तर भेरीले मुलकुकै उत्कृष्ट उपचार दिएको भन्दै प्रशंसा गरे । उनले ज्यानको प्रवाह नगरि विरामीहको उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले कोभिड महामारीमा भेरी अस्पतालले विरामीहरुलाई दिएको स्वास्थ्य सेवा नमुना रहेको बताए । कार्यक्रममा प्रदेश सांसद आइपी खरेलले, एमाले नेता सुर्य ढकाल, काँग्रेस नेता कपिल शर्मा, अस्पताल विकास समितिका पूर्व अध्यक्ष वेदप्रसाद आचार्य, पूर्व मेसु डा श्यामसुन्दर यादवलगायतले बोलेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. प्रकाश थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्पतालमा २५ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech