१२ श्रावण २०८१, शनिबार

नेपालमा ३० हजार नाघे कोरोनाका सक्रिय संक्रमित
  • न्युज मानसराेवर

बाँके। नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३६ सय ११ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३१ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ५३ हजार ६३३ पुगेको छ। नेपालका ७५ वटै जिल्लाहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा छन्।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech