८ बैशाख २०८१, शनिबार

खिर दिवस संगै बैजनाथमा उपहार प्रदान

सामाजिक पुजीँ निमार्णमा कोशे ढुङगो बन्दै बैजनाथ गाउँपालिका ।

  • आर.के.छिनाल

बैजनाथ बाँके। बैजनाथ गाउँपालिका वडा नं २ मा गठन भएको शान्ति महिला समूहले साउन १५ अर्थात खिर दिवसको अवसरमा  उपहार प्रदान कार्यक्रम सम्पन गरिएको छ ।

शान्ति महिला समूहले आ.व ०७६।०७७ असारमा साना किसान उद्यमी सुदृढिकरण परियोजना बाट प्रदान गरिएका मूल पशु धन बाट उत्पादन भएका १० वटा माउ बाख्रा उपहार प्रदान गरेको हो ।  बैजानथ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर थापाको प्रमूख आतिथ्यमा  उक्त बाख्रा उपहार प्रदान गरिएको हो ।

उपहार कार्यक्रममा बौल्दै अध्यक्ष  प्रेम बहादुर थापाले समूहले गरेको प्रगति प्रति आफू लगाएत सिङगो वडा हर्षित भएको  बताए । उनले   आगामी दिन मा यो भन्दा अझै राम्रा क्रियाकलाप समपन्न हुनेमा आशावादी  रहेको उल्लेख गरे ।  गाउँपालिकले लिएको समृद्ध पालिकाको मूल लक्ष्यलाई सकार पार्न यहाँहरुको साथ र सहयोग अपरिहार्य रहेको कार्यक्रममा थापाले भने ।

कार्यक्रममा साझेदार संस्थाका तर्फबाट कार्यकारी निर्देशक रवि रोकायले परियोजनाले लिएको लक्ष्यको एक खुडेकीलो माथि उक्लिएको बताउदै यसका लागि  समुहका दिदी   बहिनीहरु, वडा तथा गाउँपालिकाको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे । उनले आर्थिक रुपान्तरण र सामाजिक पुजीँको निमार्णमा बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था  आउने दिनमा यहाँहरुको सहयोगी साथी हुने बताए ।

बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थामा हाल सम्म १ हजार १२ शेयर सदस्य संख्या छन। सहकारी संस्थामा आवद्ध८२ वटा समुहमा ५० लाख पुजीँ परिचालन भइरहेको छ । कार्यक्रममा बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध भएका समूह सदस्यलाई शेयर प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

यसैै गरी  कार्यक्रममा साथी सहयोगी,सहारा तथा मखमली उपहार समूहलाई मूल समूहले सुपर नेपिएर तथा भटमासे घाँस उपहार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा  वडा सदस्य   भिम बहादुर भूषाल, भूमिसरा थापा,सिता सुनारले  आ–आफ्नो धारणा राखेका थिए भने  जयशरा भण्डारीको  अध्यक्षतामा कार्यक्रमको समापन गरिएको थियो ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech