२१ असार २०८२, शनिबार

बाँकेमा २० प्रतिशत बालवालिका कोरोना वार्ड बनाउने निर्णय
  • न्युज मानसराेवर

बाँके। कोरोना संक्रमणको तेस्रो लहर छिटै आउन सक्ने र त्यसबाट बालवालिकाहरु बढी प्रभावित हुनसक्ने भन्दै बाँकेमा त्यही अनुसारको पुर्ब तयारी गर्न थालिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले बालवालिकालाई लक्षित गरी भेन्टीलेटर, आईसीयुसहित कोरोना वार्डहरु जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा बनाउने निर्णय गरिएको छ । त्यस्तै, आवश्यक पर्ने जनशक्तिका लागि बालरोग बिशेषज्ञा चिकित्सकहरुसंग छलफल तथा परामर्श दैनिकजसो भइरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्दा कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष शिवराम गेलालले डब्लुएचओ र स्वास्थ्य मन्त्रालयले दिएको निर्देश अनुसार बालवालिकालाई लक्षित गरी पुर्ब तयारी गरिएको बताउँछन् । ‘पहिलो र दोस्रो चरणमा बालवालिकाका लागि छुट्टै वार्ड बनाइएको थिएन । त यस पल्ट भने बालवालिका बढी प्रभावित भनिएकाले त्यही अनुसार वार्ड बनाइएको छ,’ उनले भने,‘निजी अस्पतालहरुलाई पनि बालवालिका लागि कम्तिमा २० प्रतिशत वार्ड बनाउनु भनेर निर्देशन दिएका छौँ ।’

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech